लिखु, ८ असार । ओखलढुंगा जिल्लाकाे लिखु गाउँपालिकाको २८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ओखलढुंगामा पहिलो कोरोना संक्रमित भेटिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको आइतबार रिपोर्टमा एक युवामा कोरोना पोजिटिभ देखिएको हो । जिल्लाबाट पठाइएको ६ जनाको स्वाबमध्ये एक युवामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।
संक्रमण पुष्टि भएका युवा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा छन् । उनी एक साताअघि भारतको गोरखपुरबाट जिल्ला प्रवेश गरेका थिए ।
उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । उनलाई आइसोलेसन कक्षमा लाने तयारी भइरहेको जिल्लास्थित कमाण्ड पोस्टले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म १ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ । ५ सय २५ जनाको आरडीटी परीक्षण गरिएको छ ।















प्रतिक्रिया