
काठमाडौँ, ७ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको प्रदेश २ का जिल्लामा आइतबार विरोध प्रदर्शन भएको छ ।
नागरिकता विधेयकको नेपाली कांग्रेस, उसका भ्रातृ संगठन तरुण दल, जनता समाजवादी पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीले गरेका छन् । प्रदर्शन गर्दै उनीहरुले उक्त विधेयक समेत जलाएका छन् ।
उनीहरुले प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका थिए ।
त्यस्तै, वीरगञ्जमा पनि कांग्रेस र समाजवादी पार्टीले पनि छुट्टाछुट्टै रुपमा विरोध प्रदर्शन गरेका थिए ।
त्यसैगरी, सप्तरीको सदरमुकाम राजविराजमा पनि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।















प्रतिक्रिया