
काठमाडौँ, ७ असार । विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवाप्रदानगर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेवसाइटको शुरुवात गरेको छ ।
यो वेवसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।
यस वेवसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्याउने प्रयास गरेको छ ।
यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेवसाइट https://www.sanimabank.com/ मा गई दायाँ कुनामा रहेको डिसएबिलिटी फ्रेन्ड्ली आइकन क्लिक गरी आवश्यक एक्सेसीबिलिटी विजेट मेनुमा गई आफूलाई चाहिएको सुविधाअनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ ।
समयक्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थ्प विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको जनाएको छ ।
सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवाप्रदानगर्दै आइरहेको छ ।















प्रतिक्रिया