४ कार्तिक २०८३, बुधबार

रुपन्देहीमा बन्दै गरेको पुल भत्किँदा इन्जिनियरसहित ३ घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ७ असार । रुपन्देहीको सियारी गाउँपालिकास्थित दानव नदीमाथि बन्दै गरेको पुल भत्किँदा इन्जिनियरसहित ३ जना घाइते भएका छन् ।

सियारी र मायादेवी गाउँपालिका जोडिने पुल ढलान भएको १३ दिनमा शनिबार साँझ भत्किएको हो ।

प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल नदीमा आएको बाढीले खल्बल्याउँदा भत्किएको बताइएको छ ।

पुल भत्किंदा फिल्डमै रहेका इन्जिनियरसहित तीन जना घाइते भएका छन् । सबइन्जिनियर महेश्वर लम्साल, मुम पल्ली घाइते भएका छन् ।

८ करोड ५० लाख रुपैयाँ लागतमा बन्दै गरेको पुल ३० मिटर लामो र ११ मिटर चौडाइको छ । यो पुल बैशाख १५ गतेभित्रै सक्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण काम हुन नसक्दा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणमा कमजोरी भएकाले नभइ खोलामा बाढी आएकाले भत्किएको निर्माण कम्पनीले जनाएको छ ।