
काठमाडौँ, ७ असार । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले असार १५ गतेसम्म विद्यार्थीको भर्ना गरिसक्ने निर्णय गरेको छ ।
एसोसियसनको हालै सम्पन्न जुम बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । एसोसिएसनले सामाजिक दुरी लगायत पर्याप्त स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर विद्यलायलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
तत्कालका लागि वैकल्पिक शिक्षण विधि अपनाउने एसोसिएसनले निर्णय गरेको छ ।
असार १ गते देखि वैकल्पिक कक्षा सञ्चालन गर्न तथा चालु शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनलाई अधि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनअनुसार असारदेखि विद्यालयको आन्तरिक गतिविधि र वैकल्पिक कक्षा सञ्चालन गर्दै नियमितरुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउने निर्णय पनि एसोसियसनले गरेको छ ।















प्रतिक्रिया