७ मंसिर २०८३, सोमबार

मण्डनदेउपुरमा नगर कार्यपालिकाबाट निर्णय गराई एकलाैटी रुपमा क्रसर उद्योग सञ्चालन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । काभ्रे जिल्लाको जिरोकिलो–सिपाघाट सडक बाहेक अन्य सम्पूर्ण कच्ची सडकहरूमा टिपर, ट्याक्टर सञ्चालन गर्न रोक लगाइएको छ ।

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नगरपालिका र क्रसर डन राजभक्त प्रधानको मिलोमतोमा निरन्तर नदीजन्य पदार्थ (ढुंगा, गिट्टि, बालुवा) संकलन, उत्खनन गरी एकलौटी बिक्रि वितरण गरिरहेका छन् । क्रसर डन राजभक्त प्रधानले सञ्चालन गरेको मेलम्ची एण्ड इन्द्रावती स्टोन क्रसर जिरोकिलो–सिपाघाट सडक खण्डसँगै जोडिएको छ । जसमा उद्योगको मापदण्ड नै पूरा गरिएको छैन । तर पनि नगरपालिकाको संलग्नतामा निर्वाद सञ्चालनमा छ ।

दैनिक जसो सयौँ टिपर, ट्याक्टर सञ्चालन हुने सो सडक खण्डमा अन्य उद्योगहरूमा पुग्न कच्चि बाटो प्रयोग गर्नुपर्छ । नगर कार्यपालिकाका अन्य जनप्रतिनीधिहरूलाई भने निर्माणाधीन बाटोहरू बिग्रने भन्दै बाटो संरक्षणको निहुँ देखाई कच्ची सडकहरूमा ढुंगागिट्टि, बालुवा बोक्ने टिपर, ट्याक्टर रोक लगाउने निर्णय गरिएकाे हाे ।

क्रसर डन राजभक्त प्रधानको व्यापार वृद्धि गर्न नगरपालिकाको मिलेमतोमा वर्षादको तीन महिना कच्ची सडक अन्य ढुवानी साधनलाई प्रतिबन्ध लगाउँदै आएको छ । कच्ची सडकमा टिपर, ट्याक्टर चलाउन नपाउँदा वर्षादको समयमा घर बनाउन र सामान ढुवानीमा पनि असहज हुने गरेको स्थानियले बताए ।

सिपाघाटमा रहेको सो क्रसर उद्योग मापदण्ड बिनै विगत १८ वर्षदेखि सञ्चालन हुँदै आएको छ । सो क्रसर उद्योग विद्यालयबाट २५० मिटर, घनाबस्तीबाट ३५० मिटर, खोला किनारमै जोडिएको, हेलम्बु राजमार्गसँगै जोडिएको भए पनि नगरपालिकाको संरक्षणमा मापदण्ड विपरित सञ्चालन हुँदै आएको छ । सोही क्रसर उद्योगले नदीको वहाब नै परिवर्तन गरेर १०–१५ मिटर गहिरो गरी उत्खनन गर्दै उद्योग सञ्चालन गर्दै आएको पाइएको छ । सिपाघाटदेखि मेलम्चीसम्म १३ वटा उद्योग सञ्चालन रहेका छन् ।

आर्थिक लेनदेन बिना टिपरहरू सञ्चालन अनुमति प्राप्त नहुने बताउँछन एक टिपर सञ्चालक । नगरपालिकाका मेयरले नगरपालिकाबाट हुने विभिन्न ठेक्कापट्टा, खरिद बिक्रि र विकास निर्माणमा आन्तरिक साझेदारी बिना कुनै पनि काम नगर्ने नगराउने निर्माण व्यवसायीको भनाई छ । त्यसो त उनले मण्डनदेउपुर नगरपालिकामा आफैंले दोश्रो व्यक्ति खडा गरी अवैध ढुंगा तथा ग्राभेल खानी सञ्चालन गर्दै आएका छन् । व्यवसायीहरूसँग आन्तरिक लगानी पनि गर्ने गरेको समाचार श्रोतले बताएको छ ।