
गुल्मी, ७ असार । गुल्मी दरबार गाउँपालिकाकी एक जना सुत्केरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि तीन गाउँ सिल गरिएको छ ।
वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि स्वास्थ्य सतर्कता र सुरक्षाका लागि रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन सूचना जारी गरिएको विवरणमा उल्लेख छ ।
आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएकी महिलाको स्वाब पिसीआर परिक्षणका लागि भैरहवा पठाइएको थियो । पीसीआर रिपोर्ट पनि पोजेटिभ आएपछि गाउँ नै सिल गरिएको छ ।
उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टिनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले उनलाई घर पठाइएको थियो ।











प्रतिक्रिया