७ मंसिर २०८३, सोमबार

गुल्मीमा पहिरोले जीप पुरिंदा घाइते चालकको ज्यान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

तम्घास, ७ असार । गुल्मीमा पहिरोले जीप पुरिंदा घाइते भएका धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदीप पुनको ज्यान गएको छ ।

पुनको उपचारका क्रममा सन्धिखर्क अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

शनिबार ग १ ज ३९९७ नम्बरको जीप सडक माथिबाट खसेको पहिरोले च्याप्दा धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा घाइते अरु तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।