शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग फुटबल ब्राइटनसँग आर्सनल स्तब्ध

दैनिक नेपाल २०७७ असार ७ गते ९:५८

लण्डन, ७ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल स्तब्ध भएको छ । अवे मैदानमा भएको खेलमा इन्जुरी समयको गोलले आर्सनल ब्राइटनसँग पराजित भएको हो ।

घरेलु टोली ब्राइटन सुरुमा पछि परेर पनि २–१ को जित निकाल्न सफल भयो । पहिलो हाफमा दुवै तर्फबाट गोल नभएको खेलमा ६८ औँ मिनेटमा निकोलास पेपेले आर्सनलका लागि गोल गरे ।

७५ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि बराबरी गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा निल माउपेले गोल गरेपछि ब्राइटन विजयी भयो ।

जितपति १५ औँ स्थानको ब्राइटनको ३० खेलबाट ३२ अंक भएको छ । १० औँ स्थानमा रहेको आर्सनलको ३० खेलबाट ४० अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा वुल्भ्सले वेष्ट ह्याम तथा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई समान २–० ले हरा एभने लेस्टर सिटी र वाट्फोर्डले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित