काबुल, ७ असार । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासका कर्मचारीमा पनि कोरोना भइरसको संक्रमण देखिएको बताइएको छ ।
यहाँ काम गर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयले यहाँका कतिजना कर्मचारीमा यसको संक्रमण देखिएको हो यसको यकिन तथ्यांक नदिएको भए पनि त्यहाँ काम गर्ने करिब २० जनामा यो संक्रमण देखिएको पाइएको छ ।
तीमध्येका धेरैजसो अफगानिस्तानको राजधानी काबुलको सो दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरु रहेको बताइएको छ ।
दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ ।















प्रतिक्रिया