४ कार्तिक २०८३, बुधबार

यी राशीलाई भोलिको सूर्यग्रहण हेर्दा यस्ता फल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । असार ७ गते अत्यन्तै दुर्लभ मानिने वलय सूर्यग्रहण लाग्दैछ ।

यद्यपि नेपालबाट भने खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ मा देखिएको थियो । त्यसपछि अहिलेसम्म नेपालबाट देखिएको छैन ।

एक जना मानिस एकै ठाउँमा बस्दा जीवनमा एक पटक मात्र वलय सूर्यग्रहण देख्न पाउँछ । तसर्थ यसलाई दुर्लग ग्रहण मानिन्छ ।

ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य ग्रहणमा ४ प्रहर (१२ घण्टा) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर (९ घण्टा) अगाडि नै सूतक लाग्ने गर्दछ ।

यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहण अन्य देशबाट पनि देखिनेछ ।

ज्योतिष शास्त्रका अनुसार ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा वर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ ।

आइतबारको सूर्य ग्रहण कुन राशिलाई कस्तो फल ?

मेष : श्रीप्राप्ती             वृष : क्षति               मिथुन : घात                      कर्कट : व्यय                 सिंह : लाभ                कन्या : सुखम्                तुला : माननाश         वृश्चिक : कष्ट            धनु : स्त्रीपीडा                      मकर : सौख्यम्             कुम्भ : चिन्ता           मीन :व्यथा

यसरी आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ । यद्यपि हेर्दा भने आफ्नो आँखो पूर्ण सुरक्षा अपनाएर हेर्नुपर्ने विज्ञहरु बताउँछन् ।