
काठमाडौँ, ६ असार । असार ७ गते अत्यन्तै दुर्लभ मानिने वलय सूर्यग्रहण लाग्दैछ ।
यद्यपि नेपालबाट भने खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ मा देखिएको थियो । त्यसपछि अहिलेसम्म नेपालबाट देखिएको छैन ।
एक जना मानिस एकै ठाउँमा बस्दा जीवनमा एक पटक मात्र वलय सूर्यग्रहण देख्न पाउँछ । तसर्थ यसलाई दुर्लग ग्रहण मानिन्छ ।
पृथ्वीबाट सूर्यतर्फ हेर्दा चन्द्रमाले सूर्यलाई छेक्दा सूर्यको बीच भागमा पर्छ । त्यस अवस्थामा सूर्यको बाहिरी भाग रिंग जस्तो देखिन्छ । यसैलाई नै वलय सूर्यग्रहण भन्ने गरिन्छ ।
नेपालमा सूर्यग्रहण आइतबार बिहान १०ः४२ बजे शुरू भई दिउँसो २ः२४ बजे अन्त्य हुनेछ । करिब साढे ३ घण्टाको लामो समयसम्म ग्रहण देखिनेछ ।
नेपालमा सबैभन्दा पहिला धनगढीबाट १०ः४२ मिनेट जाँदा सूर्यग्रहण देखिनेछ । त्यसपछि क्रमशः पूर्वतिरबाट ग्रहण देखिँदै जानेछ ।
काठमाडौंमा १०ः५३ बजेबाट सूर्यग्रहण देख्न सकिने सोसाइटीले जनाएको छ ।
वलय सूर्यग्रहणका अवधि भने निकै छोटो हुने भएकाले विश्वका मानिसहरुले थोरै समयमात्रै देख्न सक्नेछन् ।
सूर्यग्रहण औँसीको दिन लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण। वर्षमा चारदेखि सातपटकसम्म ग्रहण लाग्ने गर्छ । ग्रहणहरु खग्रास, वलय, खण्डग्रास र हाइब्रिड गरी चार प्रकारका हुने गर्छन् ।
भोलि नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । नांगो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटी बताउँछ ।
वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सुर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्शानी नगर्ने नासोले जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालबाट कुन समयमा कहाँ देखिन्छ खण्डग्रास सूर्यग्रहण ?
















प्रतिक्रिया