
काठमाडौँ, ६ असार । प्युठानमा आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर गएकी ११ वर्षीया बालिकाको मुत्यु भएको छ ।
ति बालिकाको शनिबार शनिबार अपराह्न घरमै निधन भएको हो । झिमरुक गाउँपालिका वडा नं २ की बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिका जेठ २१ गते भारतबाट आएर सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेकी थिइन् । उनको असार ३ गते आरडिटी परीक्षण गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर गएकी थिइन् । उनी होम क्वारेन्टिनमै बस्दै आएकी थिइन् ।
उनी मिर्गौला र ब्लड क्यान्सरको बिरामी भएको बताइएको छ ।
उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।















प्रतिक्रिया