
काठमाण्डौँ, ७ असार । भक्तपुरका भनिएका ८ जना कोरोनाभाइरस संक्रमितहरु हालै कुवेतबाट आएका महिला भएको पुष्टि भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुमा कोरोना पुष्टि भएको हो ।
महानगर प्रहरी परिसरका अनुसार ८ खरिपाटीको क्वारेन्टाइनमा रहेका कुवेतबाट हालै फर्किएका महिला रहेको जनाएको छ ।
महानगर प्रहरी परिसरका अनुसार उनीहरु कास्कीकी २३ वर्षीया, बारा र सुर्खेतका २८ वर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै, नवलपरासीका २९ र ३३ वर्षीया मोरङका ४१ र ४२ वर्षीया तथा झापाकी ३७ वर्षीया महिलामा कोरोना देखिएको हो ।















प्रतिक्रिया