
काठमाडौँ, ६ असार । दैलेखमा १६ महिने शिशुसहित शनिबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यससँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ८ जना पुगेको छ ।
शनिबार महाबु गाउँपालिकाका १२, भैरवी गाउँपालिकाका ३, गुराँस गाउँपालिकाका १, नौमुले गाउँपालिकाका १ र नारायण नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ जना रहेको छ । त्यस्तै, जिल्लामा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।















प्रतिक्रिया