४ कार्तिक २०८३, बुधबार

कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना, संक्रमितको संख्या साढे १२ सय पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । कर्णाली प्रदेशमा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १९ जना र जाजरकोटका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्ष्णमा सल्यानका २६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५ जना पुगेको छ ।

त्यस्तै, कर्णालीमा थप ९ जना शनिबार निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको संख्या प्रदेशमा ५ सय १७ पुगेको छ ।

कर्णाली प्रदेशमा १७ हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । त्यस्तै, प्रदेशका ४ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीको दैलेखमा सबैभन्दा ७ सय ९ जनामा संक्रमण देखिएको छ ।