
काठमाडौँ, ६ असार । प्रदेशमा १ मा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
शनिबार मोरङ, सुनसरी र झापाका गरी जिल्लामा थप ११ जना कोरोना संक्रमित बढेका हुन् ।
थपिएकामध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका रहेका छन् । त्यस्तै, झापाको गौरीगञ्जका एक जना र सुनसरीको कोशी गाउँपालिकाका २ जना महिलामा शनिबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रदेश एक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै मोरङमा १ सय १६ जना संक्रमितहरु भएका छन् भने प्रदेशमा एमा ४ सय ३० जना पुगेका छन् । जसमध्ये २ सय ३४ जना निको भएर डिस्चार्ज भएका छन् ।















प्रतिक्रिया