
काठमाडौँ, ६ असार । सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा हुनुपर्ने व्यवस्था राख्ने गरी नागरिकता सम्बन्धी विधेयक अघि बढाउने निर्णय गरेको छ ।
नेकपाको शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
लामो समयदेखि अड्किएको नागरिकता सम्बन्धी विधेयकमा अन्य दलहरुसँग सहमति हुन नसकेको अवस्थामा नेकपाले आफ्नो धारणा स्पष्ट पारेको हो ।
प्रवक्ता श्रेष्ठले अंगीकृत नागरिकता पाउनका लागि ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरेको बताएका छन् ।















प्रतिक्रिया