
काठमाडौं, ६ असार । राजविराजस्थित राजदेवी विद्यालयमा रहेको क्वारेन्टाइनबाट एक १६ बर्षिया किशोरी भागेकी छन् ।
दुई महिनाको गर्भवती रहेकी उनको खोजी कार्य जारी राखिए पनि फेला परेकी छैनन् ।
२५ जेठमा भारतको नयाँ दिल्लीबाट आएर उनी क्वारेन्टाइनमा बसेकी थिइन् । रातीको समयमा झ्यालको फलाम बंग्याएर उनी फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।
गएको १३ माघमा एक युवकसँग भागेर उनी दिल्ली पुगेकी थिइन् । आमाले बोलाएपछि लक डाउनका समयमा नै उनी फर्केकी थिइन् ।











प्रतिक्रिया