२ कार्तिक २०८३, सोमबार

विश्वभरि ४६ लाखभन्दा धेरै काेराेना संक्रमित निको भए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ असार । कोरोना सङ्क्रमितमध्ये विश्वमा आधाभन्दा धेरै निको भएर घर गएका छन् ।

झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् ।

सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ५ सयको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा झण्डै २३ लाख सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा १ लाख २१ हजारले ज्यान गुमाएका छन् ।

सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १० लाख ३८ हजार रहेका छन् । त्यहाँ ५ लाख २० हजार निको भएका छन् । ब्राजिलमा ४९ हजारको ज्यान गएको छ ।

भारतमा झण्डै ३ लाख ९६ हजार सङ्क्रिमत भएका छन् भने २ लाख १४ हजार निको भएको वल्र्डओमिटरले जनाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा १२ हजार ९ सय ७० जनाको ज्यान गएको छ । यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ ।

संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गर्नुभएको छ ।