२ कार्तिक २०८३, सोमबार

नेइमारले बार्सिलोनालाई ६७ लाख युरो तिर्नुपर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ असार । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिर्नु पर्ने भएको छ ।

स्पेनको अदालतले नेइमारले ला लिगा क्लब बार्सिलोनालाई ६७ लाख युरो तिर्नु पर्ने फैसला गरेको हो। नेइमार सन् २०१७ को अगस्टमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

नेइमार पिएसजी गए लगत्तै बार्सिलोनाले मुद्दा दायर गरेको थियो । तर नेइमारले फैसलाविरुद्ध अपिल गर्न पाउने छन्।

नेइमारले पिफामा पनि अपिल गरेका थिए । तर यो मुद्दा अदालतले नै हेर्ने भन्दै फिफाले कुनै कारवाही गरेन।

बार्सिलोनाले सन् २०१६ मा क्लबसँग नयाँ सम्झौता गर्दा नेइमारले लिएको ८० लाख पाउण्ड फिर्ता पाउनु पर्ने माग गरी मुद्दा दायर गरेको थियो ।