शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्री ओलीले यत्तिकै भनेका होइनन्, लौ पढ्नुहोस् वैज्ञानिक प्रमाणसहित बेसारको औषधीय गुण

दैनिक नेपाल २०७७ असार ६ गते ८:५१

काठमाडौं, ६ असार । कोरोना भाइरस (कोभिड–१९)सँग लड्नका लागि खाने परिकारमा बेसारको महत्व देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा चर्चा गरेपछि यसलाई सतहमा दुईथरी कोणबाट व्याख्या गरिएको छ ।

ओली समर्थक बेसारको महत्व होइन, प्रधानमन्त्री ओलीले भनेको ठिक हो भनी देखाउन थालेका छन् भने इतरमा रहेकाहरूले व्यंग्य वाण चलाइरहेका छन् ।

तर कतिपय वैज्ञानिक खोज अनुसन्धानले बेसारको महत्वलाई पुष्टि गरेका तथ्य फेला परेका छन् । यसले कोरोनासँग जित्छ भन्ने दाबी नगरिए पनि कतिपय रोग निदानका निम्ति बेसार उपयोगी रहेको तथ्य अगाडि आएको हो ।

आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन् ।

अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पु¥याउने क्षतिसमेत कम हुने प्रमाणित गरेका थिए ।

क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । उक्त अनुसन्धानअन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो ।

बेसारको औषधीय गुण र महत्व यस्तो छ

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ । घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ ।

–धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान बेलुका १–१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १–२ हप्तामै ठिक हुन्छ ।

–राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १–२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यै खराबी हुँदैन ।

– १ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग बिहान बेलुका खाने गरेमा २–३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।

– राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा, कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

– १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ग्यास्ट्रिक ठीक हुने दाबी गरिएको छ ।

– ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २–४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

– बिहान बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

– आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

– ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

– २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

– १ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

– टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

– गौंत (गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान्बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

– घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

– घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

– रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १र२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

– मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

– घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुने आर्युवेदिक उपचार पद्दतीमा दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित