
काठमाडौँ, ५ असार । रुपन्देहीमा आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै माटोमा गाडेको अभियोगमा प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर गाडेको स्थानीयले खबर गरेलगत्तै बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले बालकलाई झिके पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ६ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले बालकलाई झिकेर अस्पताल लगे पनि उनको मृत्यु भइसकेको जनाएको छ ।
आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।















प्रतिक्रिया