४ कार्तिक २०८३, बुधबार

खर्च नभएको सांसदको पैसा कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । सरकारले सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्ने भएको छ ।

आर्थिक वर्ष २०७६ ७७ मा सांसदहरुले पाएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्ने सरकारले गरी नियमावली संशोधन गरेको छ ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको हो ।

‘यसरी जम्मा भएको पैसा प्रचलित कानुनबमोजिम कोरोनाको उपचार, नियन्त्रण र रोकथाममा मात्र खर्च गर्न पाइने छ,’ खतिवडाले भने ‘यसले कोभिड १९ नियन्त्रणका लागि आवश्यक स्रोतको अभाव हुन दिने छैन ।’

चालु आर्थिक वर्षमा एक संसदलाई आफ्नो क्षेत्रका लागि ६ करोड रुपैयाँ दिइएको थियो । तर लकडाउनका कारण उक्त रकम खर्च हुन सकेको थिएन ।