४ कार्तिक २०८३, बुधबार

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कैलाली, ५ असार । घोडाघोडी नगरपालिका १ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यहाँ नगरपालिका १ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार ५० रुपैयाँ, मोबाइल ७ थान र तास १ गड्डी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।