४ कार्तिक २०८३, बुधबार

टोखा नगरपालिकाले एक वडामा एक व्यायाम शाला बनाउने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को तनावलाई कम गर्नका लागि युवा, महिला र बालबालिकालाई लक्षित गरेर व्यायामशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

टोखाका सबै वडामा निर्माण हुने व्यायामशालामा ध्यान केन्द्र, योग केन्द्र, मेडिटेसन सेन्टर र विभिन्न किसिमका खेलकूद खेल्न मिल्ने स्थान रहनेछन्, उहाँले भन्नुभयो ।

टोखाले व्यायामशाला निर्माणका लागि आगामी आर्थिक वर्ष २०७७ ०७८ मा बजेट विनियोजन गर्ने भएको छ । टोखाका सबै वडामा निर्माण गरीने व्यायामशाला कुनै एक वर्ष र कुनै बहुवर्षीय योजनामा सम्पन्न गरिने लक्ष्य राखिएको नगरप्रमुख अधिकारीले बताउनुभया ।

यस्तै, टोखाले आगामी आर्थिक वर्ष २०७७ ०७८ मा शिक्षा, स्वास्थ्य, खेलकूद र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने भएको छ ।

आव २०७६ ०७७ मा एक अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको टोखाले आव २०७७र०७८ मा रु एक अर्ब ५० करोडभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

यस्तै, टोखाले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर आगामी आव २०७७ ०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ ।

उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ । रासस