
काठमाडौं, ५ असार । नेपाल सरकार चीनसँग नजिक भएको टिप्पणी भारतीय पक्षले गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताले चिनियाँ कम्युनिस्ट पार्टीसँग शुक्रबार भिडिओ कन्फ्रेन्स गर्ने भएको छ ।
यो संवादको मुख्य लक्ष्य देश र सरकार कसरी व्यवस्थित गरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहने बताइएको छ । यो संवादको विषयलाई निक्कै अर्थपूर्ण हिसाबले बुझिएको छ । यो संवादका क्रममा नेकपाका तर्फबाट प्रचण्ड, पोखरेलसहित सय भन्दा बढी नेता सहभागी हुनेछन् ।
दुई पार्टीबीच अनुभव र विचार आदानप्रदान हुने उक्त भिडिओ गोष्ठी नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेका हुन् । यस्तो संवादको श्रृङ्खलाले महत्व पाउनुको पछाडि नेपालमा चिनियाँ विचारको प्रभाव बलियो हुन थालेको कोणमा अथ्र्याउन थालिएको छ ।
सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी हुनेछन् । नेपालबाट १५ वटा कम्प्युटर र चीनबाट ५ वटा कम्प्युटरमार्फत् कुराकानी हुनेछ ।











प्रतिक्रिया