७ मंसिर २०८३, सोमबार

भारतबाट आई होम क्वारेन्टाइनमा बसेका गुल्मीका एक जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

२५ जेठमा भारतबाट आई होम क्वारेन्टाइनमा बस्दै आएका उनी प्यारालाइसीसका बिरामी रहेका थिए । भारतमा उपचार गरी उनी फर्किएको बताइएको छ ।

बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको थियो । मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको छ ।