
काठमाडौं, ५ असार । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३० जेठमा आत्महत्या गर्ने ४५ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रहेको पुष्टि भएको छ ।
अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
दमका बिरामी उनले क्वारेन्टाइन बनाइएको विद्यालय नजिकैको रुखमा पासो लागी आत्महत्या गरेका थिए ।
आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको थियने । बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए ।











प्रतिक्रिया