काठमाडौं, ५ असार । पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । अस्पतालले विज्ञप्ति जारी गरी आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेमा २ जना चिकित्सक, एकजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगी छन् । अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् ।












प्रतिक्रिया