न्युयाेर्क, ५ असार । अमेरिकाले गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तबारे पहिलो पटक प्रतिक्रिया दिएको छ ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।
माइक पोम्पियोले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनलाई स्मरण गर्दछौँ ।’
चीन र भारतका सैनिकबीच गलवानमा भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षति भने अस्पष्ट छ ।
भारत र चीनका बीच तनाव जारी रहेका बेला अमेरिका चीनसँग आफ्नो सम्बन्ध सुधारको प्रयासमा पनि जुटेको छ । बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका छन् ।















प्रतिक्रिया