पर्वत, ५ असार । पर्वत जिल्लास्थित जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।
काठमाडाैंको टेकुस्थित प्रयोशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।
योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द गरिएको छ । इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हुने डा. देवकोटाले जानकारी दिए ।















प्रतिक्रिया