
काठमाडौं, ५ असार । ९४ जना गर्भवती महिलासहित १४८ जना नेपाली यात्रु लिएर नेपाल एयरलाइन्सको उद्दार जहाज काठमाडौंका लागि उडेको छ ।
कोरोनाभाइरसको महामारीका कारण समस्यामा परेकालाई प्राथमिकताका आधारमा नेपाल ल्याउने काम भएको छ । नेपाल एयरलाइन्सको आरए २२९२ को पोहिलो उद्दार जहाज काठमाडौंमा अवतरण गर्न लागेको हो । युएईको दुबईबाट जहाज उडेको थियो ।
२० जना गर्भवती महिलाका श्रीमान, ९ जना दीर्घ रोगी, ३ जेष्ठ नागरिक, १ जना प्यारालाइसिस भएका, १० जना वर्किङ भिसा सकिएका र अन्य ११ जना यात्रु जहाजमा छन् ।
उनीहरुलाई दुवई बिमानस्थलमा नै निःशुल्क आरडीटी परीक्षण गरिएको थियो । उनीहरुको बिदाइको लागि नेपाली दूतावासका आबुधावीका उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धिताल र द्वितीय सचिव भुवन ओझा विमानस्थल पुगेका थिए । जहाजमा एउटा शव पनि छ ।











प्रतिक्रिया