काठमाडाैं, ५ असार । पूर्वी भागबाट नेपाल प्रवेश गरेकाे मनसुन एक हप्तापछि सुदूरपश्चिम प्रदेश पुगेकाे छ ।
अहिले सुदूरपश्चिमका केही भू-भाग बाहेक देशभर मनसुन सक्रिय रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा मनसुन फैलिन अझै एक-दुई दिन लाग्नेछ ।
माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्रको प्रभावले कर्णाली क्षेत्रबाट मनसुन अगाडि बढ्न सकेको थिएन । उच्च चापीय क्षेत्रको प्रभाव कम हुँदै गएपछि मनसुन सुदूरपश्चिमतर्फ सर्दै गएको हो ।
दुई दिन ढिलो गरी गएको जुन १२ अर्थात् जेठ ३० गते मनसुन नेपाल भित्रिएको थियो । शुक्रबार देशभर मौसम सामान्यतया बदली रहनेछ । देशका विभिन्न स्थानमा हल्का वर्षा हुनेछ ।











प्रतिक्रिया