पाेखरा, ५ असार । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप संक्रमितमा बाग्लुङका १४ जना छन् । सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट फर्किएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। नेपालभर भने ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।











प्रतिक्रिया