
काठमाडौँ, ४ असार । गुल्मीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थपिएका संक्रमितमा ८ महिने बच्चा पनि रहेका छन् ।
उनीहरुको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । संक्रमितहरु चन्द्रकोट गाउँपलिकाका १७ जना, छत्रकोट गाउँपालिकाका २४ जना, रेसुंगा नगरपालिकाका एक जना र सत्यवती गाउँपालिकाका एक जना, गुल्मी दरबार गाउँपालिकाका २ जना, रुरुक्षेत्र गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै गुल्मीमा संक्रमितहरुको संख्या १ सय ५ जना पुगेको छ । त्यस्तै, ३ जना संक्रमित निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाका अझै ५ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।















प्रतिक्रिया