४ कार्तिक २०८३, बुधबार

१० अर्बको हिसाब एक एक गरी हुन्छ : प्रधानमन्त्री ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको न्युनीकरणका लागि सरकारले खर्च गरेको रकमको सबै हिसाब किताब आउने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहिएको छ । खोइ पैसा ? भनिएको छ,” उनले भने, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ । हरेक व्यक्तिले हेर्न सक्छ । म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”