४ कार्तिक २०८३, बुधबार

नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ४ असार । नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोश्रो विधेयक सर्वसम्मतले पास गरेको हो ।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । विधेयक सर्वसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे ।

यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो । अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।