४ कार्तिक २०८३, बुधबार

सुनको मुन्द्री लुटेको तथा लुटेको मुन्द्री किनेको अभियोगमा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बैतडी, ४ असार । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका ७ सुवाकोट बस्ने २७ वर्षीय बिर्खु भन्ने बिर्ख लुहार र सिगास गाउँपालिका ७ बस्ने प्रकाश सिहं बोहरा रहेका छन् । पक्राउमध्ये लुहार मुन्द्री लुटपाट गर्ने तथा बोहरा लुहारले लुटेको मुन्द्री किनेको खुल्न आएको छ ।

सिगास गाउँपालिका ७ अगुराली बस्ने ४४ वर्षीया महिला गत आइतबार घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा उनले कानमा लगाएको १ तोला बराबरको सुनको मुन्द्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा लुटपाटमा संलग्न लुहारलाई सिगास गाउँपालिका ७ पुनर डुङरी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा लुहारले उक्त मुन्द्री बोहरालाई बेचेको खुल्न आएपश्चात बोहरालाई समेत सिगास गाउँपालिका ८ लेकबाट प्रहरीले पक्राउ गरेको हो । साथै बोहराको घरभित्र लुकाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेंलो रङको २ थान मुन्द्री समेत प्रहरीले बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।