
पोखरा, ४ असार । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा विहीबार बिहानै ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।
विवरणअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक १० वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।
चामे गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीको स्थायी ठेगाना कपिलवस्तुको बाँणगंगा–१४ हो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा संक्रमित १७ जना १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको बताइएको छ ।
पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
तनहुँमा ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका एक जना १८ देखि ५२ वर्ष उमेर समूहका पुरुष रहेको बताइएको छ ।
गोरखाको पालुङटार नगरपालिकाका ७ र शहिद लखन गाउँपालिकामा ४ जना क्रमशः २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया महिला तथा ५४, ३१, ३८ र २७ वर्षीय पुरुष रहेको बताइएको छ ।











प्रतिक्रिया