लण्डन, ४ असार । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार नाघेको छ ।
विश्वका २ सय १३ देश र २ वटा पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले ज्यान गुमाएका हुन् ।
कोरोना सङ्क्रमित हुनेको संख्या ८४ लाख पुगेको छ । सङ्क्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।
भारतमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । सङ्क्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् । १२ हजार २ सय ६२ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।















प्रतिक्रिया