
काठमाडौं, ४ असार । कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी कक्ष सिल गरिएको छ । त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी पिसीआर परिक्षणको तयारी गरिएको छ ।
३१ जेठमा सुर्खेतका एक र ३२ जेठमा दैलेखका दुईसहित इमरजेन्सीमा भर्ना भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको सो कक्ष सिल गरिएको हो ।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहितका कर्मचारी क्वारेन्टाइनमा बसेका हुन् ।











प्रतिक्रिया