१२ कार्तिक २०८३, बिहिबार

लमजुङ कारागारबाट कैदी फरार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ४ असार । लमजुङ जिल्ला कारागार शाखामा कैद भुक्तान गर्दै गरेका चौकीदार पदका एक कैदी बुधबार फरार भएका छन् ।

४ बजे कारागारभित्रका कैदी बन्दीहरूका लागि खाद्यान्न सामग्री खदिर गर्न बजार निस्केका उनी सम्पर्क बिहीन भएका हुन् ।

सामान किन्न जाँदा एक घण्टामा फर्किन उनी बुधबार साँझ ६.३० बजेसम्म पनि कारागारमा नफर्केपछि उनी भागेको एकिन भएको हो ।

लमजुङको राइनास नगरपालिका– १० को प्यारजुङ गाउँका २७ वर्षीय दिनेश परियार फरार भएका हुन् । उनी कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका थिए ।

उनीविरुद्धको कर्तव्य ज्यान मुद्दामा २०६९ को पुस २२ गते लमजुङ जिल्ला अदालतबाट २० वर्षको कैद आदेश भएको जिल्ला कारागार प्रशासनले जनाएको छ ।

साँढे दुई वर्षमा उनको ५० प्रतिशत कैद भुक्तान हुनेवाला रहेको कारागार प्रशासनको भनाई छ । कारागार शाखाका प्रमुख विष्णुप्रसाद पौडेलले कैदी हराएको जानकारी दिए ।