७ मंसिर २०८३, सोमबार

झुण्डिएकाे अवस्थामा भेटियाे महिलाकाे शव, काेराेना पाेजेटिभ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरेन्द्रनगर, ४ असार । सुर्खेत जिल्लामा झुन्डिएको अवस्थामा महिलाको शब भेटिएकाे छ ।

ती महिलाकाे पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएकी २५ वर्षीया महिलाको शव असार १ गते झुन्डिएको अवस्थामा भेटिएको थियो । पोस्टमार्टम गर्नुअघि भएको पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको डा. तिवारीले बताए ।

मृतक महिला जेठ १२ गते भारतबाट श्रीमान र तीन वर्षकी छोरीसहित नेपाल फर्किएकी हुन् । १४ दिन क्वारेन्टाइनमा बस्दा भएको आरडीटी परीक्षणामा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।