७ मंसिर २०८३, सोमबार

सतर्कता आवश्यक, ७ हजार कट्यो कोरोना भाइरस संक्रमितको संख्या, हेर्नुहोस् थपिएको तथ्यांक

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । नेपालमा कोरोना संक्रमितको संख्या ७१ सय ७७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोभिड–१९पुष्टि भएको छ ।

२० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।

यसैबीच, महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । रौतहटका १२७, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका ५२ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७र७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमण बढेका कारण स्वास्थ्य सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ ।