
काठमाडौँ, ३ असार । कुवेतमा रहेका १ सय ५० जना नेपाली महिला वुधबार पनि स्वदेश फर्किएका छन् ।
उनीहरु जजिरा एयरवेजको चार्टर्ड उडानबाट काठमाडौँ आइपुगेका हुन् । जजिरा एयरबाटै यसअघि ३ उडानमा नेपाली महिला कामदार आइसकेका छन् ।
अझै ४ वटा उडान गरिने जजिराले जनाएको छ । कुवेत सरकारको आफ्नै खर्चमा ति नेपालीहरुलाई जजिराले ल्याउँदै गरेको हो ।
करिब १२ सय नेपाली पहिलो चरणमा आउने जनाइएको छ ।















प्रतिक्रिया