४ कार्तिक २०८३, बुधबार

साढे ६ केजी चरेशसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ असार । टोखा नगरपालिका ९ लक्ष्मी मार्गबाट अवैध लागूऔषध चरेश ६ केजी ५ सय ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका ४ घर भएका ४४ वर्षीय नन्द रोक्का र सोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका ४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तीमगर रहेका छन् ।

लागूऔषध संचय, ओसारपसार, बिक्री वितरण नियन्त्रण गर्न महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।