७ मंसिर २०८३, सोमबार

अर्घाखाँचीको क्वारेन्टाइनमा एक जनाले गरे आत्महत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ स्थित जुकेनाको हरि माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

आरडिटी रिपोर्ट पोजिटिभ आएका ४४ वर्षीय देवबहादुर विकले विद्यालय नजिकैको रुपमा झुण्डिएर आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि विक पासो लागेका थिए ।

प्रादेशिक परिक्षण केन्द्र भैरहवाबाट उनको पिसीआरको रिपोर्ट आएको छैन । भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका उनी बसेको २५ दिन भएको थियो ।