
सन्धिखर्क, ३ असार । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् ।
शीतगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन् ।
विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरू निदाएपछि उनले राति विद्यालय नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए ।
उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमूना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।
उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरू हुन थालेको प्रतिक्रिया दिएका छन् ।















प्रतिक्रिया