काठमाडौं, ३ असार । यूएईबाट आएर भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टिनमा बसेका अर्का एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
खरिपाटीमा बसेका एक युवामा संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखिएको छ । यसअघि सो क्वारेन्टिनमा रहेकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
जेठ २३ गते यूएईबाट ल्याएका मध्ये १२ जनालाई भक्तपुर खरिपाटीको विद्युत तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । खरिपाटी क्वारेन्टिनमा बस्ने १२ जना मध्ये २ महिला र १० जना पुरुषहरु रहेका छन् ।











प्रतिक्रिया